काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । खड्काले मंगलबार कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेत जिल्ला क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरुष तर्फबाट उम्मेदवारी दिएका हुन् ।
कांग्रेस केन्द्रीय समितिका पदाधिकारीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था भएपनि खड्काले करिब ९ सय प्रतिनिधिद्धारा अनुमोदित भएर जानलाई उम्मेदवारी दिएका हुन् ।