Logo

कैद सजाय सुनाएका फरार प्रतिवादी पक्राउ



सुनसरी, ७ मंसिर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१६ गैरीटोल बस्ने ५५ बर्षीय नविन गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत विराटनगरको २०७७ माघ ७ गतेको फैसलाबाट ठहर भएको ४ वर्ष ७ महिना ४ दिन कैद सजाय भुक्तान नभई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि करागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्