Logo

३० वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ



तेह्रथुम, ७ मंसिर । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

खगेन्द्रले ती महिलालाई बारीमा गएको अवस्थामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्