Logo

वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङलाई अघि बढाउने ओलीको तयारी, ईश्वर पोखरेलले के गर्लान् ?



काठमाडौं, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत नहुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा आकांक्षीहरु धेरै भएपछि सबै पदमा चुनाव गराउने निधो गरेका छन् । यसपटक एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको छ । यसको लागि वर्तमान महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ दौडमा छन् ।

पोखरेलले प्यानल बनाउनेगरि गृहकार्य थालेको स्रोतको दाबी छ। यसपटक एमालेले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं भन्ने मूल नारा अघि सारेको छ । त्यसैले महाधिवेशनमा प्यानल बनाउन यसअघि नै सम्पन्न भएको विधान महाधिवेशनले बर्जित गरिसकेको छ । पोखरेलले आफूलाई वरिष्ठ उपाध्यक्षको रुपमा अघि सारेका छन् । उता, अध्यक्ष ओलीले भने नेम्वाङलाई साथ दिने संकेत गरिसकेका छन् ।

सार्वजनिक रुपमै ओलीले यसपटक कसैलाई समर्थन गर्ने वा सद्भाव नराख्ने भएका छन् । तर, भित्री रुपमा भने उनले आफूलाई भोलिका दिनमा सहयोग गर्नसक्ने नेतालाई नेतृत्वमा स्थापित गर्ने उनको रणनीति छ । सोही रणनीतिअनुसार उनले वरिष्ठ उपाध्यक्षमा नेम्वाङलाई अघि सारेका छन् । अध्यक्षमा आफू निर्विकल्प हुने उनको चाहना थियो । तर, उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेर चूनौति दिएपछि उनले अब पदाधिकारीमा पनि निर्वाचन नै होस भन्ने चाहना राखेको कतिपयको टिप्पणी छ । file photo



प्रतिक्रिया दिनुहोस्