Logo

अदालतभित्र वकिलहरुको गुण्डागर्दीको सीमा नाघ्यो, प्रहरी निरीक्षक शाहीविरुद्ध यसरी खनिए ओमप्रकाश अर्याल (भिडिओसहित)



काठमाडौं, ७ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनमा वकिलहरु अराजक रुपमा प्रस्तुत भएका छन् । पछिल्लो समय बारको आन्दोलनले उग्र रुप लिएको छ । सार्वजनिक भिडिओअनुसार प्रहरीले आन्दोलनकारीलाई सम्झाउने प्रयास गरेको देखिन्छ ।

फिल्डमा खटिएका प्रहरी निरीक्षक आशुतोष शाहीले शान्तिपूर्ण तवरले आन्दोलन गर्न सम्झाएको अवस्थामा उल्टै उनीमाथि अधिवक्ता ओमप्रकाश अर्यालले ‘हामीलाई आदेश दिने तँ को हो ?’ भनेर अपशब्द बोलेको पनि भिडिओमा सुनिएको छ ।

बारको आन्दोलनप्रति बरिष्ठ अधिवक्ता ध्रुव कोइरालाले आफ्नो आक्रोश पोखेका छन् । उनले शम्भु थापाजस्ता खुस खुवाउने अधिवक्तासमेत आन्दोलनमा सामेल हुने र न्यायमूर्तीहरुको हुर्मत लिनेगरि अभिव्यक्ति दिएपछि अरु अधिवक्ताहरु आन्दोलनमा सहभागी हुन छोडेर र बारको आन्दोलन असंवैधानिक पुष्टि भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot