Logo

ओलीले गरे प्रधानन्यायाधीश जबराको बचाऊ



काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घुमाउरो तरिकाले बचाऊ गरेका छन् । उनले आज सम्पादकहरुसँगको अन्र्तक्रियामा सर्वोच्च अदालतमा अहिले उत्पन्न परिस्थितिको अन्त्य जबराले राजीनामा दिएर मात्र नहुने तर्क गरे । राजीनामा दिनुपर्ने सबै न्यायधीशले दिनुपर्ने ओलीको तर्क थियो ।

प्रधानन्यायाधीश जबराको नेपाल बार एशोशिएसनले राजीनामा मागेकोबारे सोधिएको प्रश्नमा ओलीले भने,‘अमूक व्यक्ति, फलानो हटिदिएपछि यो सिलसिला अन्त्य हुने जस्तो लाग्दैन । म त सबैले राजीनामा दिनुपर्ने खालको अवस्था देख्छु ।’ ओलीले अरु न्यायाधीशमाथि पनि प्रश्न उठेकाले सबैले राजीनामा दिनुपर्ने टिप्पणी गरे ।

ओलीले सेटिङमा फैसला गरेको देखिएकाले राजीनामा सबैले दिनुपर्ने बताए । एउटा व्यक्तिले राजीनामा दिदैमा न्यायिक क्षेत्रको प्रदूषण नहट्ने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot