Logo

गृहमन्त्री खाँणले दिए हुम्लाको नाम्खा गाउँपालिकामा चामल पठाउन निर्देशन



काठमाडौं, ७ मंसिर । गृह मन्त्रालयले हुम्लाको नाम्खा गाउँपालिकामा चामल पठाउन जिल्ला प्रशासन कार्यालय हुम्लालाई निर्देशन दिएको छ । मंगलबार हुम्लास्थित प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न समस्या देखिएको नाम्खा गाउँपालिकामा चामल ढुवानी गर्न निर्देशन दिएको गृहमन्त्री बालकृष्ण खाँणले बताए ।

‘हुम्लास्थित् प्रमुख जिल्ला अधिकारीलाई चामल ढुवानी गर्न निर्देशन दिएको छु । हेलिकोप्टरमार्फत उक्त क्षेत्रमा चामल पुर्याइने छ । चामल पुर्याउन सेनालाई हेलिकोप्टर उपलब्ध गराइदिन पत्र काटेको छु । नेपाली सेनाले नाम्खामा चामल पुर्याउने छ,’ उनले भने ।

हुम्लास्थित नाम्खा गाउँपालिकाको खाद्य सङ्कट टान खाद्य संस्थानले पनि आफ्नो तर्फबाट चामल ढुवानी गर्नुपर्ने उनले बताए । यसैगरी आजै हुम्लाका सांसद छक्कबहादुर लाम र नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए ।

करिब ११ सय घरपरिवार रहेको नाम्खा गाउँपालिकको लिमी क्षेत्रमा पछिल्लो केही दिनदेखि खाद्य सङ्कट देखिएको छ । खाद्य सङ्कट समाधान गर्न सोमबार साँझ हुम्लाका सांसद र नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष काठमाडौं आइपुगेका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्