Logo

बसको ठक्करबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य बञ्जाडेको मृत्यु



काठमाडौं, ८ मंसिर। बसको ठक्करबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

बन्जाडेलाई रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाईकलाई ना ७ ख ९०६ नम्बरको बसले ठक्कर दिंएको थियो । उनलाई तुरन्तै बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पु¥याएपनि आज बिहान उनको को मृत्यु भएको हो ।

बन्जाडे दाङमा घाइते अपाङ्गहरुको बैठकमा सहभागी भएर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्