Logo

एमाले महाधिवशेनः उद्घाटनका दिन यी क्षेत्रमा सवारी साधन संचालनमा रोक



काठमाडौं, ८ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन उद्घाटनको दिन मानिसको चाप अत्यधिक हुने भएकोले नारायणगढ र भरतपुरको मुख्य शहरी क्षेत्रमा सवारीसाधन चल्नलाई रोक लगाइएको हो ।व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाउन लागेको प्रहरीले जनाएको छ ।

नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिलोक, केन्द्रीय बस टर्मिनल, बाइपास सडक र आपँटारी क्षेत्रभित्रका सडकमा सवारीसाधनमा  बिहान ९ बजेदेखि ५ः३० बजेसम्मलाई सञ्चालनमा रोक लगाइएको हो ।



प्रतिक्रिया दिनुहोस्