काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टीका नेता केन्द्रीय सदस्य प्रदीप यादवको पद खोसिएको छ । नेता यादवलाई पार्टी विभाजनको प्रयास गरेको र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा कारबाही गरिएको हो ।
नेता यादवमाथि गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि अध्यक्ष यादवको पुत्ला जलाएको आरोप लागेको छ । तर उनको पार्टीको साधारण सदस्यता र सांसद पद भने कायमै राखिएको छ ।
नेता यादवबारे थप अनुसन्धान गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ । उनीमाथि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा हुँदा यादवले पार्टी फुटाउने प्रयास गरेको अभियोग लागेको छ । File Photo