Logo

न्याय व्यवस्था सेटिङबाट भताभुंगः बादल



काठमाडौं, १० मंसिर । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले न्याय सेवा भताभुंग पारिएको टिप्पणी गरेका छन् । चितवनमा एमालेको १०औं महाविधेशन उदघाटनमा बोल्दै न्याय सेवा सेटिङबाट भताभुंग पारिएको टिप्पणी गरेका हुन् ।

‘न्याय व्यवस्था सेटिङबाट भताभुंग पारिएको छ ,’ बादलले भने । उनले देशमा तिव्र राजनीतिक ध्रुवीकरण भइरहेको बताए ।

नेपाल अमेरिका र चीनको द्वन्द्वको प्रभावबाट विश्वमा नयाँ घटनाक्रम विकास भएको बताए । उनले भने,‘अमेरिका र चीनको द्वन्द्वको प्रभावबाट विश्वमा नयाँ चुनौती देखिएको छ, नेपाल त्यसबाट अछूतो छैन ।’

बादलले प्रतिगामीहरुले नेकपालाई तीन टुक्रामा विभाजित गरेको बताए । देशलाई बलात अशान्तितर्फ धकेलेको टिप्पणी गरे । बादलले राष्ट्रियता जोखिममा परेको बताए ।



प्रतिक्रिया दिनुहोस्