काठमाडौं, १० मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संविधान संशोधनका केही काम भएको बताए । उनले एमाले महाधिवेशनमा स्वागत मन्तव्य दिदै ओलीको कार्यकालमा जेलमा रहेका आफ्ना केही कार्यकर्ता समेत छुटेको बताए ।
‘म केपी ओलीजीप्रति अनुग्रहित छु,’ ठाकुरले भने,‘उहाँले प्रधानमन्त्री हुँदा हाम्रा केही महत्वपूर्ण माग सम्बोधन गरिदिनुभयो ।’
ठाकुरले संविधान संशोधनमा जोड दिदै त्यसमा सबैको साथ हुनुपर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत नाम उल्लेख गरी आफूहरुको माग सम्बोधन गर्न आग्रह गरे ।