
चितवन, १० मंसिर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेकपा एमालेसँग फेरि एकता हुने सम्भावना औल्याएका छन् । उनले एमालेको १०औं महाधिवेशनमा स्वागत मन्तव्य दिदै द्वन्द्व स्थायी नहुने भन्दै एकताको सम्भावना पनि रहेको बताए ।
‘कम्युनिस्टहरु बन्ने र विभाजन हुने क्रम चलिरह्यो,’ पोखरेलले भने,‘अहिले हामी नयाँ चुनौतीसैगै नयाँ सम्भावना पनि छ ।’ पोखरेलले एकताको सम्भावनातर्फ संकेत गर्दै त्यस्तो दिशा दिन भूमिका खेल्न आग्ह गरे ।