बैतडी, १० मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडीबाट २६ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
नवनिर्वाचित सभापति चतुरबहादुर चन्दको समूहबाट १६ तथा उनका निकटम प्रतिद्वन्द्वी शिवराज भट्टको समूहबाट १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार खुलातर्फ दिनेशप्रसाद भट्ट (६१३), लोकराज अवस्थी (५५३), दिनेशबहादुर चन्द (५४७), नरेन्द्रसिंह थापा (५२१), केशवबहादुर चन्द (६२२), हरिमोहन भण्डारी (५८१), उत्तरबहादुर ऐर (५६३), कर्णसिंह साउँद (५४९), दीपकबहादुर बम (५४४) र कृष्णसिंह नायक (५२३) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यस्तै खुला महिलातर्फ पुनम पाल बम (५४८), जानकी भट्ट (५१४), तुलसी ठगुन्ना (५०१) र मीना चन्द (४९२), खस आर्य पुरुषतर्फ दीपेन्द्र बम (६०६), सुरेन्द्रसिंह ऐर (५०६) र नरेन्द्रप्रसाद भट्ट (५००), तेजबहादुर चन्द (५४३), कपील केसी (५२५), खस आर्य महिलातर्फ कान्ता चन्द शाही (६०१), सरस्वती कोली (५६२), कौशिला चन्द (६२५) र लक्ष्मी शाह चन्द (५४७) मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यसैगरी अपाङ्गतातर्फ ईश्वरीदत्त भट्ट (६०८) र दलिततर्फ सुरत पार्की (६२७) निर्वाचित भएका छन् भने आदिवासी जनजातितर्फ किरणकुमार राई महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । यसअघि जिल्ला पदाधिकारीमा एक उपसभापतिबाहेक सबै पदमा चन्द समूह विजयी भएको थियो । बैतडीमा एक हजार ४०२ प्रतिनिधिमध्ये एक हजार ३४८ जना मतदानमा सहभागी भएका थिए ।-रासस/File Photo