Logo

गुडिरहेको रेलमा आगलागी (भिडियोसहित)



एजेन्सी, १० मंसिर । भारतमा गुडिरहेको रेलमा आगलागी भएको छ । मध्यप्रदेशमा भएको घटनामा दुईवटा कोचमा आगलागी भएको हो ।

मोरेना भन्ने स्थानमा पुग्दा रेलमा आगलागी भएको थियो । उधमपुर दुरग एक्सप्रेसको दुईवटा कोचमा आगलागी भएपछि रेल आकस्मिक रुपमा रोकिएको थियो । घटनामा कुनै हताहती नभएको बुझिएको छ । तत्काल यात्रुको उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको समाचार एजेन्सी एएनआइले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्