Logo

पदाधिकारी सर्वसम्मत चयन हुनेछ: अष्टलक्ष्मी शाक्य



चितवन, ११ मङ्सिर। नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको १० औ राष्ट्रिय महाधिवेशनबाट एमालेका पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरेकी छिन् । चितवनमा जारी एमालेको १० राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पत्रकारहरुसंग कुराकानी गर्दै शाक्यले पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरीन् ।

उनले भनिन्, ‘नेतृत्व सर्वसम्मत बनाउने प्रयास भइरहेको छ। मलाई विश्वास छ, पदाधिकारीसँगै सदस्यहरु पनि सर्वसम्मत चयन हुनेछन् ।’ अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलको पनि उचित व्यवस्थापनबारे छलफल भइरहेको उनको भनाइ छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्