Logo

गगन थापाले भने- त्यो ‘ओलीवेशन’ हो, हाम्रो अधिवेशन हो



काठमाडौँ, ११ मङ्सिर। नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री गगन थापाले नेकपा (एमाले)ले महाधिवेशनको नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भैरहेको टिप्पणी गरेका छन् । नेता थापाले काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ।’उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै कांग्रेसको अधिवेशन र एमालेको ओलीवेशनलाई लिएर अलमलमा नपर्न उनले आग्रह गरे ।

उनले भने, ‘हिजो मेरो टोलका अभिभावकहरूले सोध्नुभयो । एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्यो, थाहै भएन । आज नारायणी किनारमा कति ठूलो सभा भयो । अधिवेशन त यस्तो पो हुनुपर्छ । तिमीहरूको हेर्‍यो, उता भिडेको छ, यता बाझेको छ, जताततै लफडै–लफडा छ। एमाले र हामीहरूबीचमा अलिकति फरक छ । हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो । अधिवेशन र ओलीवेशनमा फरक छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot