Logo

विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकमाथि लगाए प्रतिबन्ध



एजेन्सी, ११ मङ्सिर। कोराना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई आवागमनमा प्रतिबन्ध लगाएका छन्। बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ।

अमेरिकाले पनि सोमबारबाट दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। स्वीजरल्याण्डले समेत दक्षिण अफ्रिकी मुलकसँगको हवाई सेवा तत्कालका स्थगित गर्ने निर्णय गरेको छ। ब्राजिल र अष्ट्रेलियाले समेत दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आवागमनमा प्रतिबन्ध लगाएका छन्।

डब्लूएचओले अफ्रिकामा देखिएको उत्परिवर्तित भाइरसको नाम ‘ओमिक्रोन’ नामकरण गरेको छ। ओमिक्रोन दक्षिण अफ्रिकी मुलुकलगायत हङकङ, इजराइल, बोत्सवाना, बेल्जियममा समेत ओमिक्रोन भाइरसको संक्रमण फैलिएको छ। गत नोभेम्बर २४ पहिलो पटक दक्षिण अफ्रिकामा उत्परिवर्तित भाइरस देखिएको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्