काठमाडौं, ११ मंसिर । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले संस्कृतको एउटा श्लोक ट्वीट गरेका छन् । एमालेको जारी महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका भुसालले लडाईंसम्बन्धी संस्कृतको श्लोक ट्वीट गरेका हुन् ।
श्लोकले भनेको छः जय पराजय लाभ हानी र सुख दुःखको समान सम्झदै, लडाईंका लागि तयार बन । यसरी लड्दा पाप लाग्दैन ।
भुसालले महाधिवेशनमा उम्मेदवारीलाई लडाईं जस्तै ठानेका छन् । उनी अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक भएकाले जित्ने सम्भावना कमजोर छ । तैपनि, उनले लडाईंका लागि तयार बनेको र जय पराजय समान सम्झँदै लड्न लागेको सन्देश दिएका छन् ।
भुसालले ट्वीटमा लेखेका छन्ः सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ | ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।