Logo

घनश्यामपछि लालबाबु पण्डितले गरे उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा



चितवन, ११ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् ।

यसअघि उपमहासचिव घनश्याम भुषालले पनि उपाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका छन् । उनले आफ्नो चुनावी प्रचारलाई पनि आक्रामक ढंगले अघि बढाएका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत पनि आफूलाई मत दिएर विजयी गराउन अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्