Logo

सर्लाहीमा एकै परिवारका तीन जनाको शव फेला



मलंगवा, १२ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा आज एकै परिवारका तीन सदस्य मृत फेला परेका छन् । आमा कविता हजारी पासवन, छोरी सलोनी पासवान र छोरा स्वागत पासवान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत्तक कबिता बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीको श्रीमती र उनका दुई छोराछोरी हुन् । छोरा र छोरीको शव भुँईमा फेला परेको र आमाको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कविताका श्रीमान रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot