Logo

ललितपुर काँग्रेसमा प्रतिष्पर्धामा श्रेष्ठ र चित्रकार, मैदानमा राणा र अमात्यको भिडन्त



ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान सकिएको छ । पहिलो चरणमा दोस्रो र तेस्रो भएका रामकृष्ण चित्रकार र जीतेन्द्रकुमार श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुने बुझिएको छ ।

चित्रकार काँग्रेस संस्थापन पक्षका हुन् । उनलाई सहमहामन्त्री डा. प्रकाशशरण महतको बलियो साथ छ । जिल्लामा काँग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य, पूर्व सांसद चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन उनको पक्षमा उभिएका छन् । हिजो तेस्रो भएका मिनकृष्ण महर्जन पनि चित्रकारको पक्षमा खुलेका छन् ।

श्रेष्ठ काँग्रेस संस्थापन इतर समूहका हुन् । उनलाई केन्द्रमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको बलियो साथ छ । संस्थापन पक्षका पूर्वराज्यमन्त्री उदय शमशेर राणा, नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेविसंघ पूर्वसहमहामन्त्री बाबुराजा चित्रकार श्रेष्ठको पक्षमा खुलेका छन् ।

आज मतदान हुँदै गर्दा राणा र अमात्यबीच भिडन्त भएको छ । मतदान स्थलमा पुगेका राणामाथि अमात्यले हातपात गरेका थिए । त्यसपछि होहल्ला र नारावाजी भएको थियो ।

राणा श्रेष्ठलाई जिताउन मरिमेटेर लागेका थिए । जीतजङ्ग बस्नेत उनलाई साथ दिइरहेका थिए । त्यस क्रममा अमात्यले धकेलेपछि स्थिति तनावग्रस्त भएको थियो ।

ललितपुर काँग्रेसमा मैदानमा रामकृष्ण चित्रकार र जीतेन्द्रकुमार श्रेष्ठ देखिएपनि पूर्व जिल्ला सभापति मदन अमात्य र पूर्वराज्यमन्त्री उदय शमशेर राणाले प्रतिष्ठाको विषय बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot