Logo

काँग्रेस अधिवेशनमा गोली देखि हातपातसम्म



काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसको वडा देखि जिल्ला तहका अधिवेशनहरु अन्तिम चरणमा पुगेका छन् । अधिवेशनका क्रममा कतिपय स्थानहरुमा सर्वसम्मत नेता चयन भएका छन् । तर, अधिकांश स्थानमा मतदान भएको छ ।

सर्लाहीको बलरामा काँग्रेसको वडा अधिवेशनका क्रममा गोली चलेको छ । बलरा नगरपालिका ९ अचलगढमा वडा अधिवेशनका क्रममा प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहका बडीगार्डले गोली चलाएका हुन् । मन्त्री सिंहमाथि आक्रमण हुन लागेपछि अंगरक्षकले गोली चलाएका हुन् । उनले हवाई फायर गरेका थिए ।

यसैगरी, काँग्रेस ललितपुर जिल्ला सभापतिको निर्वाचनमा हातपात भएको छ । पूर्वराज्यमन्त्री उदय शमशेर राणामाथि निवर्तमान जिल्ला सभापति मदनबहादुर अमात्यले हात हालेका थिए । यस क्रममा केहीबेर तनाव भएको थियो ।

काँग्रेसको महाधिवेशन पूर्व भएका अधिवेशनहरुमा झडपका घटनाहरु समेत भएका छन् । पछिल्लो समय काँग्रेसभित्र बलको राजनीतिक बढ्न थालेको विषय उठ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot