Logo

उद्योगी भट्टचन काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित



काठमाडौं, १२ मंसिर । प्रभु ग्रुपका अध्यक्ष एबं नेपालका सफल व्यवसायी देवीप्रकाश भट्टचन नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन । भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट निर्विरोध निर्वाचित भएका हुन ।

भट्टचन निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ । उनलाई काँग्रेसले २०७४ मा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य पनि बनाएको थियो ।

पुराना राजनीतिज्ञ भट्टचन २०४८ सालको निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार समेत रहेका थिए । नेपालका उधोगी व्यवसायीहरुका प्रेरणाका स्रोत भट्टचन सफल ब्यावसायीको साथमा सामाजिक अभियन्तासमेत हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot