काठमाडौं, मंसिर १४ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर चिसो बढेसंगै आज देशको केहि उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ ।
आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
यस्तै, रातिसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने र सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ ।