Logo

अब एनआईसी एशिया बैंकको एटिएम कार्डबिनै रकम झिक्न सकिने सुविधा



काठमाडौं, १४ मंसिर । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एनआईसी एशिया मोबैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सहज डिजिटल बैंकिङ सेवा दिँदै आएको बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले बैंकका देशैभर रहेका ४७३ एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समय नगद निकाल्न सक्ने भएका छन् ।

बैंकको अनुसार सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विथड्रअल आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गरेर ट्रान्जिक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् ।

ग्राहकले आफूलाई प्राप्त सोही ओटीपी एटिएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जिक्सभित्र गई निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रअल आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्