Logo

मुक्तिनाथ बैंकको लाभांश आजसम्म सुरक्षित गर्न सकिने



काठमाडौं, १४ मंसिर । मुक्तिनाथ विकास बैंकले साधारण सभा मंसिर २५ गते बोलाएको छ । सभा प्रयोजनार्थ बैंकले मंसिर १५ गते बुक क्लोज गर्ने भएकोले आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न पाउने भएका छन् । बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

बैंकको १५औं वार्षिक साधारण सभा मंसिर २५ गते गर्ने संचालक समितिको बैठकले निर्णय गरेको हो । कम्पनीको सभा बिहान ९ बजे होटल जलमहल, घारीपाटन, पोखरा कास्कीमा हुने कम्पनीले भएको हो ।
बैंकको सभाले १७ दशमलव ५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८ र ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्