एजेन्सी, १४ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनले अहिले विश्वमा खलबली मच्चाइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले यसलाई भेरियन्ट अफ कन्सन घोषणा गरेको छ। यो विषयमा अनुसन्धान जारी छ । दक्षिण अफ्रिकामा पहिलो पटक भेटिएको ओमीक्रोनलाई लिएर धेरै राष्ट्रहरुमा खतरा बढीरहेको छ । ओमीक्रोन भेरियन्ट, डेल्टाभन्दा खतरनाक बताइएको छ । बैज्ञानिकहरुले यसलाई अहिलेसम्मको खराब र डराउनै पर्ने भेरियन्ट बताइरहेका छन् ।
डब्लुएचओेले ओमीक्रोन भेयिरन्टलाई B.१.१५२९ भेरियन्ट अफ कन्सन नाम दिएको छ । यो भाइरस तिव्र रुपमा फैलिएको छ र यो धरै संक्रामक हुन्छ ।
हालसम्म ओमीक्रोन भाइरस कति तिव्ररुपमा फैलिएको यसको पुर्ण जानकारी आएको छैन् । डेल्टा भेरियन्टभन्दा पनि धेरै खतरनाक हुन्छ हुँदैन् केही थाहा छैन् । साउथ अफ्रिकामा केही मानिसहरु यो भाइरसबाट संक्रमित भएका थिए तर पुष्टि नभएको डब्लुएचओेको भनाई छ ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट डेल्टा भन्दा खतरनाक छ छैन् त्यसको बारेमा अनुसन्धान जारी रहेको छ । कति गम्भिर छ त्यो स्पष्ट हुनको लागि केही हप्ता अझै कुनै पर्छ । कोभिड–१९ को सबैप्रकार र अन्य रोग भएका कमजोर मानिसहरु यो भेरियन्ट मृत्युको कारण बन्न सक्छ । त्यसको लागि सावधानी अपनाउन जरुरी हुन्छ ।