Logo

काँग्रेसमा ५६ जिल्लाको सभापति चुनिँदा देउवाका २९, इतर पक्षका २७ (सूचीसहित)



काठमाडौं, १४ मंसिर । नेपाली काँग्रेसको ५६ जिल्लाको सभापति चयन भइसक्दा संस्थापन पक्ष र इतर पक्षबीच तिव्र प्रतिष्पर्धा देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षले २९ जिल्ला सभापतिमा जित हासिल गर्दा इतर समूहहरुले २७ जिल्ला सभापतिमा विजय हासिल गरेका छन् ।

संस्थापन इतर समूहका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले झापा र बाग्लुङमा जित हासिल गरेका छन् । संस्थापन इतर समूहका रामचन्द्र पौडेल, कोइराला परिवार र प्रकाशमान सिंह निकटहरुले २५ जिल्लामा जित हासिल गरेका छन् ।

कतिपयजिल्लाहरुमा संस्थापन पक्षकै फुटका कारण इतर समूहले फाइदा लिएको छ । कतिपय जिल्लामा इतर पक्षको फुटका कारण संस्थापन पक्षले फाइदा लिएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरले देउवा पक्षसँग मिलेर फाइदा लिएको देखिन्छ । काठमाडौं, ललितपुर, बाग्लुङ, मोरङलगायतका जिल्लाहरुमा सिटौला पक्ष देउवा पक्षसँग मिलेका थिए ।

संस्थापन पक्ष
ताप्लेजुङ– गजेन्द्रप्रसाद तुमयाहाङ
हुम्ला– मोहनविक्रम सिंह
रामेछाप– पूर्णबहादुर तामाङ
मुगु– ऐनबहादुर शाही
बझाङ– खड्क बोहरा
म्याग्दी– खमबहादुर गर्जुजा
मनाङ– शंकर गुरुङ
सल्यान– केशरबहादुर बिष्ट
डोल्पा– दीपेन्द्र शाही
डडेल्धुरा– भीमबहादुर साउद
जुम्ला– कर्णबहादुर शाही
जाजरकोट– बेदराज सिंह
पाँचथर– रुपनारायण जवेगु
लमजुङ– डा. टकबहादुर गुरुङ
डोटी– नरेन्द्रबहादुर सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
पर्वत– युवराज जोशी
रुकुम– पश्चिम प्रेमप्रकाश ओली
इलाम– डम्बर खड्का
स्याङ्जा– राजु थापा
कास्की– किशोरदत्त बराल
काभ्रे– तीर्थ लामा
तनहुँ– जीतप्रकाश आले
नुवाकोट–रमेशकुमार महत
भक्तपुर–दुर्लभ थापा
बर्दिया–अरुणप्रकाश राठौर
सुर्खेत– खड्क पोख्रेल
उदयपुर–हिमाल कार्की

संस्थापन इतर समूह
संखुवासभा– दीपक खड्का
कालिकोट– अम्मरबहादुर शाही
दोलखा– बर्मा लामा
मुस्ताङ– रोमी गौचन
रुकुम पूर्व– केशरमान रोका
गोरखा– नन्दप्रसाद न्यौपाने
बाजुरा– रामसिंह रावल
अर्घाखाँची– केशव श्रेष्ठ
प्यूठान– विष्णुकुमार गिरी
बैतडी– चतुरबहादुर चन्द
भोजपुर– बिनोद वान्तवा
तेह्रथुम– अर्जुनबहादुर तुमबाहाङ्फे
रोल्पा– किशोर आचार्य
खोटाङ– विष्णुकुमार राई
नवलपरासी पश्चिम– अर्जुनकुमार पोखरेल
पाल्पा– हिमालदत्त श्रेष्ठ
नुवाकोट– रमेश महत
दार्चुला– ललितसिंह बोहरा
दाङ– शंकर डाँगी
ललितपुर– जीतेन्द्र श्रेष्ठ
काठमाडौं– सबुज बाँनिया
धादिङ– रामनाथ अधिकारी
गुल्मी– खिलध्वज पन्थी
सुनसरी–केदार भण्डारी

कपिलवस्तु–अब्दुल कलाम
दैलेख–मणिराज रेग्मी

सिटौला पक्षधर

झापा– देउमान थेवे
बाग्लुङ– जितबहादुर शेरचन



प्रतिक्रिया दिनुहोस्