काठमाडौँ, १४ मङ्सिर। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा परेको जनाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ । गत आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका जबराले सोमबार स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो। जबरालाई कोभिड निमोनिया देखिएको अस्पतालले पुष्टि गरेका हो।
जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उनलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।-File Photo