Logo

रक्तचन्दनको तेल जस्तो देखिने तरल पदार्थसहित पक्राउ



काठमाडौँ, १४ मङ्सिर। काठमाडौं महानगरपालिका-६ माहांकालबाट रक्तचन्दनको तेल जस्तो देखिने करिब ४ लिटर तरल पदार्थ सहित सोही महानगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका ३० वर्षीय छिरिङ शर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शेर्पाले चलाई ल्याएको बा.७ च ४११० नम्बरको कारमा उक्त पदार्थ ल्याइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बिट माहांकालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्