काठमाडौं, १४ मंसिर : नेकपा एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवका उम्मेदवार गोकर्ण विष्टले बराबर मत ल्याएका छन् ।
उपाध्यक्ष शाक्यले एक हजार नौ सय ७६ मत पाउँदा सचिवका उम्मेदवार विष्टले पनि सोही अंक बराबरको मत प्राप्त गरेका छन् ।
यद्यपि, केन्द्रीय निर्वाचन आयोगले मत परिणाम भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन् । NewsKarkhana