Logo

इजरायल जानेलाई काठमाडौंका पाँच ठाउँबाट खोपको व्यवस्था



काठमाडौं, मंसिर १५ । सरकारले इजरायल रोजगारीका छनोट भएका युवाका लागि काठमाडौंका विभिन्न पाँच अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलका छनोट भएकालाई वीर अस्पताल, निजामती सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी बल अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ ।

विभागले सूचना सार्वजनिक गर्दै तोकिएका यी केन्द्रमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिवा)द्वारा छनोट भएका र कोरोनाविरुद्धको खोप लगाउन बाँकी उम्मेदवारलाई खोप लगाउन विभागले अनुरोधसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्