Logo

भीम रावलले आफूलाई मत र उत्साह दिने सबैलाई धन्यवाद दिए



काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) को हिजो सम्पन्न १०औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित नेता भीम बहादुर रावलले आफूले पार्टीलाई सिद्धान्त, विधि, पद्धती र राष्ट्रियहित अनुकुलको बाटोमा हिँडाउन अन्तिमसम्म प्रयास गरेको सुनाएका छन् । उनले आफूले अठोट लिएअनुसार नै आवाज उठाउन अध्यक्ष पदमा उम्मेद्धवारी दिएको पनि स्मरण गराएका छन् ।

महाधिवेशन सम्पन्न भएको भोलिपल्ट आज (बुधबार) सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै नेता रावलले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।’



प्रतिक्रिया दिनुहोस्