Logo

प्रचण्डले प्रधानन्यायाधीश जबराको मामलामा युएनलाई जोडेपछि…



काठमाडौं, १६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेपाल बार एशोशिएसनको टोलीको ज्ञापनपत्र बुझ्दै गुन तिर्ने कुरा गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मामलामा युएनको समेत नाम उल्लेख गरे ।

न्यायालको पछिल्लो विषय अन्तर्राष्ट्रियकरण भइसकेको प्रचण्डको भनाई थियो । उनले युएन मिसनसँग पनि यसबारे कुरा गरेको खुलाए । उनले भने,‘यूएन मिसनसाग कुरा गर्दा पनि यो विषय उठेको छ । यसबारे गम्भीर छौं भन्न खोजेका छौं ।’

प्रचण्डले खुलेरै जबराको विषयमा अन्तर्राष्ट्रिय दबाबबारे उल्लेख गरे । युएनको नाम उल्लेख गरेर प्रचण्डले अन्तर्राष्ट्रिय दबाबबारे उल्लेख गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
प्रचण्ड प्रधानन्यायाधीश जबरालाई हटाउन खुल्दै गएका छन् । उनले महाभियोगका लागि दबाब बढाएको समेत खुलेको छ । प्रचण्डले बारका प्रतिनिधिलाई भेटेकै भोलिपल्ट सत्ता गठबन्धनको बैठकले जबरालाई बिदामा बस्न सुझाव दिएको छ ।

जबरालाई हटाउने बाह्य शक्ति समेत लागेको चर्चा चलिरहँदा प्रचण्डले यस मामलामा युएनलाई समेत जोडेका छन् । विशेषगरी पछिल्लो समय अदालतभित्र बाह्य शक्तिको प्रवेश बढेको विषय चल्दै आएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने अदालतभित्र विदेशीको घूसपैठ छ भन्ने खुलासा प्रचण्डको अभिव्यक्तिबाट प्रष्ट भएको तर्क गर्छन् । उनी भन्छन्,‘अहिले न्यायालयमा भएको प्रहारमा विदेशीको चलखेल छ भन्ने पुष्टि भयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot