Logo

मारुती सिमेन्टको इजाजत रद्द



काठमाडौं, मंसिर १७। मापदण्डअनुसार मारुती सिमेन्टको गुुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर नै रहेको दाबी गरेर गुुणस्तर विभागलाई भने तापनि विभागले इजाजत रद्द गरिदिएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुुडासैनीले गुुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको बताए ।

उनले मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरे पनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने पनि जानकारी दिए । उनले भने, ‘मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड ब्याचको सिमेन्ट बजारमा पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।’ उपभोक्ताको अधिकतम उजुरी परेपछि विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो ।

विभागले गत १ मंसिरमा मारुती सिमेन्टलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । विभागको सो निर्देशनमा मारुती सिमेन्टले गुणस्तर नै भएको दाबी गरेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए । विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको सो कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट मापदण्डअनुसार नपाएपछि सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो ।

नेपाल गुणस्तर चिह्न प्राप्त सो कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाही गरेको हो ।

विभागबाट विभिन्न समयमा बजार अनुुगमन क्रममा संकलित नेपाल गुुणस्तर चिह्न प्राप्त वस्तुको नमुना विभागको प्रयोगशाला तथा उद्योग परीक्षण गर्दा गुणस्तरको मापदण्डअनुसार पाएको थिएन ।

संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । नेपाल गुुणस्तर ५ सय ७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो ।

नेपाल गुणस्तर प्रमाण चिह्न लिएर सोही आधारमा बजारमा झुुठ फैलाइ उपभोक्ता ठग्ने गरेको र उपभोक्ताले जीवनमा एकचोटि बनाउने घर निर्माणमा खेलाँची गरी ज्यानसमेत जोखिममा पारेको विभागको कारबाहीले पुष्टि गरेको छ ।

यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो । सोबेला अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहीन भएको भन्दै कारबाही गरेको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मानिँदैन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot