Logo

नयाँ दिल्लीः अनिश्चितकालका लागि विद्यालय बन्द, कर्मचारीले घरबाटै काम गर्ने



काठमाडौं, मंसिर १७ । कोरोनाका कारण लामो समय बन्द रहेर नोभेम्बर २९ देखि पुनः सञ्चालनमा आएका भारतको राजधानी नयाँ दिल्लीका विद्यालय वायु प्रदुषणका कारण बन्द भएका हुन् ।

दिल्लीका वातावरण मन्त्री गोपाल रायले अर्को सूचना जारी नभएसम्मका लागि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त खराब र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको बताइएको छ ।

विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदुषण झन् झन् बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् । सरकारले कर्मचारीहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ ।

सवारी साधनमा हिडडुल गर्दा वायु प्रदुषण बढ्ने र बाहिर हिड्दा वायु प्रदुषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिड्नु वा पैदल हिड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्