Logo

बालाचतुर्दशीमा पशुपतिमा आएका भक्तजनहरुलाई गुर्जो चिया सेवा (भिडिओसहित)



काठमाडौं, १७ मंसिर । आज बालाचतुर्दशी । विहानै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गरेको छ। यसपटक पनि ठूलो भिड लागेको छ।

मन्दिर परिसरमा हजारौंले रातभरि जाग्राम बसेर आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर आज बिहानै शतबीज छरेका छन् । मन्दिर परिसरमा आएका भक्तजनहरुलाई गुर्जो अभियन्ता कमलबहादुर राजलवटले भने विहानैदेखि गुर्जो चियाको सेवा गरेका छन् । उनले माईकिङ गर्दै गुर्जोको महत्वको बारेमा प्रकाश पारेका थिए । हेरौं भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्

Screenshot