Logo

जबरा आज अस्पतालबाट डिस्चार्ज



काठमाडौं, १७ मंसिर । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबरा आज डिस्चार्ज भएका छन् । जबरालाई संक्रमण पुष्टि भएपछि सोमबार बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना गरिएको थियो ।

कोभिड–१९ निमोनियाका लागि अस्पताल भर्ना गरिएको र आज स्वास्थ्य लाभ गरी ९ः३० बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्