Logo

पशुपति क्षेत्र विकास कोषमा सहाराको ठाउँमा ‘आर्थिक चलखेल गरेर पाण्डेलाई ल्याउन कसरत’, गिरोह माधव नेपालकहाँ धाउन थाल्यो



काठमाडौं, १७ मंसिर । पशुपति क्षेत्र विकास कोषमा नियुक्ति पाइसकेकी सहारा न्यौपानेलाई रोक्न एकपछि अर्को खेल भैरहेका छन् । न्यौपानेको स्वच्छ छवि छ । उनलाई सरकारले नियुक्ति नै गरिसक्दा बदर गर्ने खेल भएको हो ।

पशुपति विकास कोषको स्वामित्वमा रहेको गोठाटारको बालुवाखानीमा आँखा लगाएका माफियाहरुले रोक्ने खेल गरेका हुन् । साहारा आर्थिक रुपमा विचलित नहुने स्वभावको भएकाले उनलाई हटाएर पैसाको चलखेल गर्नेहरुलाई ल्याउने प्रयास भएको छ ।

सहारालाई रोक्न एउटा समूह नै नेकपा एकीकृत (समाजवादी) को नेतृत्वसम्म प्रभाव बनाउन लागिपरेको छ । संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई समेत दबाब दिएर सहाराको ठाउँमा अर्को व्यक्ति ल्याउने चलखेल भएको हो ।

कोषमा सहाराको नियुक्ति बदर रोकेर शशि पाण्डेलाई ल्याउने खेल भएको हो । पाण्डे आँफै विवादित व्यक्ति हुन् । उनलाई ल्याउनको लागि खासगरी बालकृष्ण शिवाकोटी पनि लागिपरेका छन् । त्यतित्रमात्रै होईन पाण्डेलाई ल्याउन ठूलो गिरोह नै लागेको छ । बालुवाको दोहन गरी मोटो रकम असुल्ने उद्देश्यले सहाराको ठाउँमा पाण्डेलाई राख्न उक्त गिरोह अहोरात्र नेकपा एसका नेताहरुको घरमा धाउन थालेको छ । पशुपतिजस्तो धार्मिक आस्थाको विकासको लागि खडा गरिएको कोषमा राम्रो छवि भएको व्यक्तिको नियुक्ती हुँदा र त्यस्ता व्यक्तिलाई कोषमा बसेर काम गर्न नदिन षड्यन्त्र हुनु दुःखद् कुरा हो ।

माधव नेपालजस्तो त्यागी, निष्ठा र ईमानदार नेताको पार्टीको भागमा अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय परेको छ। मन्त्री प्रेम आलेले पनि सुरुदेखि नै राम्रो काम गर्दै आएका छन् । अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सबैभन्दा राम्रो पफर्मेन्स पनि आलेकै रहेको भनेर चर्चा तथा परिचर्चा भैरहेको छ। आलेले यस्तो गिरोलाई भेट भने दिने गरेका छैनन् । अहिले यो गिरोह नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालकहाँ धाउन थालेको छ । त्योभन्दा पहिले यो गिरोह अध्यक्ष माधव नेपालकहाँ पनि पुगेको छ।

बालुवा खानीमा आँखा लगाएका माफियाद्वारा पशुपति विकास कोषमा सहारालाई रोक्ने खेल



प्रतिक्रिया दिनुहोस्