Logo

पदभार ग्रहण गर्दै ओलीले भने- गठबन्धनको सरकारबाट देश चलेन, ताजा जनादेशमा जाऔं



काठमाडौँ, १७ मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारबाट देश नचलेको स्पष्ट पारेका छन्। आज (शुक्रबार) दिउँसो पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै उनले छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने धारणा राखेका हुन् ।

उनले देशलाई सही बाटोमा अगाडि बढाउने काममा एमाले लाग्ने धारणा राखेका छन् ।उनले भने, ‘स्थिति कस्तो छ हरेक क्षेत्रलाई निकम्पा बनाएर लोकतन्त्र भत्काउने काम भएको छ। सरकारका कतिपय घटकको काम बिगार्ने भत्काउने देखिन्छ।’

अदालतमा देखिएको पाँच दलीय गठबन्धनले गर्दा अदालतमा समस्या सिर्जना भएको ओलीले बताए। उनले अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको दाबी गरे। न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका निकम्मा भएको स्पष्ट पारेका छन्।



प्रतिक्रिया दिनुहोस्