Logo

बारको आन्दोलनबारे ओलीको टिप्पणी : देशको समय मात्रै बर्बाद भइरहेको छ



काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले बारको आन्दोलनबारे असन्तुष्टि पोखेका छन् । उनले अहिले बारको आन्दोलनप्रति लक्षित गर्दै यसले देशको समय मात्रै बर्बाद भैरहेको टिप्पणी गरे । अध्यक्षमा निर्वाचित भएपछि आज पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अब सत्तारूढ पाँच दलीय गठबन्धनले पैंचो तिर्ने बेला आएको बताएका छन् । यसअघि बारका पूर्व अध्यक्षहरुले पनि सत्तारुढ दलका नेताहरुलाई भेटेर असार २८ गतेको परमादेशको गुन तिर्न भनेर दबाब दिएको कुरा आएको थियो। त्यसैलाई मध्येनजर गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले अहिले भैरहेको आन्दोलनले कानुनी राज कसरी चलिरहेको छ भनेर समेत देखाएको टिप्पणी गरे । उनले भने,‘अब पाँचदलीय गठबन्धनले पैंचो तिर्ने बेला आएको छ। कानुनी राज के भएको रहेछ भन्ने यसले देखाएको छ। गठबन्धनका कारण एकातिर होइन, चौतर्फी समस्या सिर्जना भएको छ।’

Photo By: Muykunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्