Logo

दीपक कार्कीभन्दा अघि नै प्रधानन्यायाधीश बन्ने न्यायाधीश मीरा खड्काको महत्वकांक्षा



काठमाडौं, १८ मंसिर । सर्वोच्च अदालतका हड्ताली न्यायाधीशहरुको महत्वकांक्षाका कारण अदालत बन्धक बनाईएको भनेर अहिले चौतर्फी आलोचना भैरहेको छ । अदालतभित्र हड्तालको नेतृत्व गरेका न्यायाधीहरुको अग्रपँक्तिमा दीपककुमार कार्की र मीरा खड्काको स्वार्थ भने पालैपालो प्रधानन्यायाधीश खाने देखिएको छ ।

प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरालाई हटाउने र आफूहरु तीन/तीन महिनाको लागि भएपनि प्रधानन्यायाधीश हुनको लागि बारका डन दाईहरुसँगको मिलेमतोमा अदालतमा हड्तालको अवस्था सिर्जना गरिएको पोल खुल्न आएको छ । न्यायाधीश मीरा खड्काको श्रीमानको बहुविवाहको कुरासमेत अभियन्ता तारा बराललगायतले मिडियामार्फत उठाएका थिए ।

अहिले न्यायाधीश खड्काको सौता बारा जिल्लामा नै बसोबास गरेको पाईएको छ । खड्काले दीपक कार्की भन्दा अघि नै प्रधानन्यायाधीश बन्ने महत्वकांक्षा पालेको पाईएको छ । यसको लागि उनीहरुले पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको साथ लिईरहेका छन् ।

अहिले अदालतमा अराजकताको अवस्था सिर्जना गर्ने र हड्ताल गरेर अदालतलाई बन्धक बनाउनको लागि श्रेष्ठको पनि ठूलो हात रहेको कुरा मिडियामा आईसकेको छ। ४० दिनपछि हिजोबाट सर्वोच्च अदालत लयमा फर्किएको छ।

तर, अझैपनि अदालतमा भाँडभैलो मच्चाउने प्रयत्न भएको छ। पहिलो नम्बरमा रहेका मुद्दाहरुको सुनुवाई भएका छैनन् । न्यायाधीशहरु गुटबन्दी गरेर आन्तरिक छलफलमा व्यस्त हुने गरेको पाईएको छ । Photo Source: JanaAastha



प्रतिक्रिया दिनुहोस्