Logo

रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको छ : अमेरिकी गुप्तचर संस्था



एजेन्सी, १८ मङ्सिर। सन् २०२२ को सुरुवातमा रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको अमेरिकी गुप्तचर संस्थाले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूले उक्त कारबाहीमा रूसले करिब १ लाख ७५ हजार सैनिक सहभागी गराउने जनाएको छ ।

रूसले बाइडेन प्रशासनसँग युक्रेनलाई नेटो गठबन्धनमा सहभागी नगराउन दबाब दिइरहेका बेला अमेरिकी सैनिक अधिकारीको यस्तो भनाइ आएको थियो । गुप्तचर अधिकारीहरूले रूसले नेटो र युक्रेनलाई बदनाम गराउन खोजिरहेको पनि दाबी गरेका छन् । रूसले फेक मिडिया आउटलेटको प्रयोग गरेर प्रचारबाजी गरिरहेको पनि अमेरिकी आरोप छ । यसअघि शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि सैन्य आक्रमण निकै चुनौतीपूर्ण काम हुने बताएका थिए ।

आफ्नो सरकारको उद्धेश्य रूसको सम्भावित आक्रमण रोक्ने भएको पनि बाइडेनको भनाइ थियो । शुक्रबार नै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनिकोवले रूससँग जोडिएको क्रिमियामा ९४ हजार ३ सय रूसी सैनिक तैनाथ भएको बताएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्