Logo

काँग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी



पोखरा, १९ मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी भएका छन् । उनले अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । यसको औपचारिक घोषणा हुन बाँकी छ ।

शर्मा संस्थापन इतर पक्षका हुन् । उनी कास्कीका पाका नेता हुन् । संगठनमा राम्रो अनुभव भएकाले शर्मालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार बनाएको थियो ।

गण्डकी प्रदेश वरिष्ठ नेता पौडेल र महामन्त्री डा. सशांक कोइरालाको गृहक्षेत्र हो । यसकारण पनि यसलाई महत्वका साथ हेरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot