Logo

राप्रपा महाधिवेशनः तनाबमा कमल थापा, लिङ्देन ढुक्क



काठमाडौ, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले कमल थापालाई दबाबमै राखेका छन् ।

लिङ्देनले करिब तीन हजार मत गणना सकिँदा १३७१ मत ल्याएका छन् भनने थापाले १२५४ मत पाएका छन्। हालसम्म २९६४ मत गणना भएको छ । उक्त मत गणना गर्दासम्म ३३९ मत बदर भएको छ ।

शनिबार बिहान १२ बजेबाट सुरू भएको मतदान आइतबार बिहान १ बजे सकिएको थियो। मतगणना राती ३ बजेदेखि जारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot