Logo

कांग्रेस प्रदेश अधिवेशनः कर्णालीमा ललितजंग शाही र गण्डकीमा शुक्रराज शर्मा विजयी



काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको प्रदेश अधिवेशनका लागि भएको मतदानको मतगणना अनुसार कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन्।

विजयी शाहिले प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन्। ललितजंग शाहीले ४ सय २२ मत ल्याउँदा भुपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् ।

यस्तै गणडकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी अर्जुन जोशीलाई उछिन्दै शर्मा विजयी भएका हुन् । नेपाली कांग्रेको १४ औ महाधिवेशन अन्तरगत हिजो ६ वटा प्रदेशमा प्रदेश अधिवेशनको लागि मतदान सम्पन्न भएको हो ।

बाँकी १६ जिल्लामा महाधिवेशनपछि मात्रै जिल्ला नेतृत्वका लागि निर्वाचन हुनेछ । कांग्रेस केन्द्रीय महाधिवेशन आउदो २४ गते शुरु गर्ने कार्यतालिका रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot