Logo

त्रिवि सेवा आयोगमा कर्मचारीको कमजोर नतिजा



काठमाडौं, मंसिर २० । त्रिभुवन विश्वविद्यालयले कर्मचारी आन्तरिक बढुवा तर्फ सञ्चालन गरेको परीक्षामा आवश्यक पद अनुसार उम्मेदवार परीक्षामा सफल हुन सकेनन्। अर्को तर्फ १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको छ।

आयोगले माघ १४ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा कुल १८ प्रशासनिक पदको लागि आन्तरिक बढुवाको लिखित परीक्षा भएको थियो। जसमध्ये १३ वटा पदको नतिजा शून्य भयो। पाँच वटा पदमा केही उम्मेदवार मात्रै सफल भएको आयोगको भनाइ छ।

आयोगका प्रशासन प्रमुख केदारनाथ ढकालका अनुसार यस पटक कुल १८ पदको लागि एक सय २६ पद संख्या माग रहेको थियो। उक्त पद संख्याका लागि तीन सय ८६ जना परीक्षार्थी सहभागी थिए।

तर परीक्षामा भने ९ जना मात्रै उतिर्ण भए। ‘२.३३ प्रतिशत मात्र पास हुन सके, ९७.८८ परीक्षार्थी फेल भएका छन्,’ प्रमुख ढकालले भने ‘हाम्रा विश्वा विद्यालयका शिक्षक कर्मचारी वस्तुगत प्रश्नमा निकै कमजोर देखिन्छ। पाठ्यक्रम परिमार्जन गर्नुपर्ने देखियो।’

उनका अनुसार मुख्य कार्यालय सहायक पदका लागि २१ पदका लागि २६ जना, कार्यालय सहायक पदका लागि १३ पद संख्या माग गरिएकोमा ३७ जना, आर्थिक उपनियन्त्रक पदमा ८ पद संख्याका लागि १५ जना, लेखा अधिकृत तहको बढुवाका लागि ५ पदमा २३ परीक्षार्थी सहभागी भएका थिए।

लेखा सहायकमा पाँच जना माग गरिएकोमा २३ जना, सहपुस्तकालयाध्यक्ष पदमा एक पदको लागि २ जना सहभागिता थिए। यी सबै पदमा नतिजा शून्य आएको छ।

यति मात्रै होइन उपपुस्तकालयाध्यक्ष, पुस्तकालय सहायक र नर्सिंग सहनियन्त्रक, नर्सिंग अधिकृत, ल्याब अधिकृत, मुख्य प्राविधिक सहायक र प्राविधिक सहायक पदमा पनि नतिजा शून्य रहेको आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot