Logo

रिलायन्स फाइनान्सद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण



काठमाडौं, २० मंसिर । रिलायन्स फाइनान्स वित्तीय संस्था लिमिटेडले रामेश्वरी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले १२औ बार्षिक उत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाएको हो । सोही अवसरमा कम्पनीले संस्थाको सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत पोखरा शाखाले पोखरा १४ मजेरीपाटन स्थित रामेश्वरी मा.विलाई खेलकुद तथा शैक्षिक सामाग्रि वितरण गरेको हो ।
सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा जेहेन्दार बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका लागि विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री तथा विधालयलाई फनिर्चर तथा खेलकुदका सामाग्री वितरण गरिएको पोखरा शाखाका शाखा प्रमुख प्रकाश पौडेलले बताए ।
पौडेलले नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमा विघालयका प्र.अ पुर्ण दिप सुवेदीले सामुदायिक विद्यालयलाई सहयोग गरेकोमा खुसि प्रकट गदै यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने तथा अब आउने निकट भविष्यमा संस्थाले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्न सुझाव दिएका छन् ।

कार्यक्रमा रिलायन्स फाइनान्स पोखरा शाखाका रिलेसनसिप म्यानेजर सुदिप सापकोटाले कार्यक्रम गर्नुको उधश्यलाई प्रप्ट पादै निकट भविष्यमा विधालयलाई थप सहयोग तथा वित्तिय साक्षरता कार्यक्रम गर्ने जानकारी गराएका छन् ।

कम्पनीले हाल देशभर २१ वटा शाखा कार्यालयबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु लगायतका बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्