Logo

नयाँ सारथी लघुवित्तका सिइओ खड्काको राजिनामा स्वीकृत, निमित्त सिईओको जिम्वेवारी घिमिरेलाई



काठमाडौं, २० मंसिर । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर खड्काले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । घरायसी कारण देखाई राजिनामा दिएका सिईओ खड्काको गत मंसिर १७ बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी पुस १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

कम्पनीले एक सुचना जारी गर्दै मंसिर १८ गतेदेखि मंसिर ३० गतेसम्मका लागि प्रमुख कार्यकारीको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरी निमित्त सिईओको जिम्वेवारी नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई दिएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot